
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप नै ‘अवाकस’ भएको बताउनुभएको छ ।
बालविकास एनसिमास प्रालिद्वारा आइतबार आयोजित राष्ट्रव्यापी अवाकस प्रतियोगिता कार्यक्रममा उहाँले परम्परागत गुरुकुल शिक्षा पद्धतिको वैज्ञानिक स्वरुपको पठनपाठन विधि अहिले प्रयोगमा रहेको ‘अवाकस’ विधि रहेको दाबी गर्नुभयो । ‘अवाकस’ भनेको एक मेकानिकल यन्त्र हो जसलाई अङ्कगणितीय गणनामा प्रयोग गरिन्छ ।
सांसद बडूले बालबालिकाको मस्तिष्कको विकास गर्न विद्यालयले अनुसन्धानात्मक तरिकाबाट पठनपाठन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘विद्यालयमा अवाकसलाई अतिरिक्त कार्यक्रममा राखेमा विद्यार्थी धेरै चाँडो सिक्न सक्ने हुन्छन् । अवाकस विधि सिकेमा हरेक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने सजिलो हुन सक्छ ।’
बालविकास एनसिमास प्रालिका कार्यकारी निर्देशक तेजु नेपालले बालबालिकाको क्षमता वृद्धिका लागि गणितीय प्रतियोगिता ‘अवाकस’ महत्वपूर्ण हुने बताउनुभयो । उहाँले प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाका लागि ‘अवाकस’ अनिवार्य हुनुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा