
झापा । नेपालबाट पहिलोपटक ओलम्पिक खेलकुदमा एथ्लेटिक्सबाट भाग लिने धावक मेनुका राउतलाई उत्कृष्ट नारी सम्मान प्रदान गरिने भएको छ । ‘वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लब’ले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसर पारेर ५२ वर्षीया राउतलाई उत्कृष्ट नारी सम्मान गर्ने निर्णय गरेको हो ।
मेचीनगर नगरपालिका–७ निवासी राउतले सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सोलमा आयोजना भएको विश्व ओलम्पिकमा नेपालको राष्ट्रिय ध्वजावाहक खेलाडी भएर भाग लिनुभएको थियो । नेपालको इतिहासमै एथ्लेटिक्स महिला धावकका रुपमा यहाँबाट ओलम्पिक खेलकुदमा सहभागिता जनाउने राउत र काभ्रेपञ्चोक निवासी राजकुमारी पाण्डेको नाम सुनौलो अक्षरले लेखिएको वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबकी अध्यक्ष कञ्चना सिटौलाले बताउनुभयो ।
आइतबार आयोजित पत्रकार सम्मेलन अध्यक्ष सिटौलाले नेपाली महिला विश्वस्तरीय प्रतियोगितामा आफूलाई सक्षम सावित गर्न सक्छन् भन्ने उदाहरण मेनुकाले प्रस्तुत गरिसकेकाले उहाँलाई उत्कृष्ट नारी सम्मान गर्न लागिएको गरी जानकारी दिनुभयो । पूर्व अध्यक्ष क्लबले उत्कृष्ट नारी छनोटका लागि नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको संयोजकत्वमा सदस्यद्वय पत्रकार अम्बिका भण्डारी र वीरता जेसीजका पूर्वअध्यक्ष युवराज दाहाललाई चयन गरेको थियो ।
छनोट समितिकी सदस्य भण्डारीले पत्रकार सम्मेलनमा उत्कृष्ट नारी सम्मानका लागि मेनुका राउतलाई छनोट गरिएको आज घोषणा गर्नुभएको थियो । क्लबले यसअघि उत्कृष्ट नारी सम्मानबाट समाजसेवी गिरिराजकुमार प्रसाईं, शिक्षासेवी प्रभा घिमिरे र लिम्बू समुदायकी पहिलो महिला पाइलट जिना लिङ्देनलाई सम्मान गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा