
काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टी-२० श्रृंखलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । आज नामिबिया र नेदरल्यान्ड्सबीचको खेल बर्षाका कारण रद्द भएपछि फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने पक्का भएको हो ।
आजको खेल बर्षाका कारण रद्द भएपछि नामिबिया र नेदरल्यान्ड्सले १–१ अंक बाँडे । नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो स्थानमा रहेको नेपालको ४ अंक छ भने नामिबियाको ३ अंक मात्र भयो ।
त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा खेलिरहेको थियो । तर वर्षाको कारण खेल अवरुद्ध भएपछि दुबै टिमले अंक बाँडेका हुन् ।
नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तर आफ्नो तेस्रो खेलमा नामिबियालाई ३ रन र चौथो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल मंगलबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा