
बैतडी । फागुन २२ गतेदेखि विराटनगरमा सञ्चालन हुने कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।
हेमन्त धामीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिनुभएको छ। उहाँका अनुसार टोली उपकप्तानमा दीपक बोहरा, अन्य सदस्यमा दीपकचन्द ठकुरी, नरेन भट्ट, नरेन साउद, खडक बोहरा, शेर मल्ल, टेक रावत, अभिषेक पाल, दीपक बोहरा, भोजराज भट्ट, किरन ठगुन्ना, बसन्त कार्की र नारायण जोशी रहेका छन् ।
साथै विकास आग्री, युवराज खत्री, सञ्जय बोहरा र प्रकाश पाण्डेय वैकल्पिक खेलाडीका रूपमा छनोट भएका जोशीले बताउनुभयो। धनगढीको फाप्ला मैदानमा तीन दिनसम्म सञ्चालन गरिएको बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएको सङ्घले जनाएको छ । नेपाल ‘ए’ समूह, यु–१९ विश्वकप, प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीसहितको टोली रहेकाले उच्च मनोबलका साथ मैदानमा उत्रने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष जोशीले बताउनुभयो ।
क्रिकेट सङ्घ मोरङको आयोजनामा फागुन २२ गतेदेखि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालामा प्रतियोगिता सञ्चालन हुनेछ । तीन विभागीय र सात प्रदेशस्तरीय टिमको सहभागिता रहने खेल चैत ३ गतेसम्म सञ्चालन हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ ।
समूह ‘क’मा त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, कोशी, मधेस र कर्णाली प्रदेश तथा समूह ‘ख’मा नेपाल पुलिससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन्। उपाधि विजेता टिमले ट्रफिसहित पाँच लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा