
अछाम । वैद्यनाथ धाममा आयोजित कोटीहोम महायज्ञमा आगलागीपछि आज क्षमा पूजा गरिएको छ । आगलागीको कारण केही समय रोकिएको कोटीहोम क्षमा पूजापछि आइतबारदेखि पुन: सुचारु गरिएको छ ।
वैद्यनाथ धाममा १ सय ४४ वर्षपछि फागुन १० गतेदेखि शुरु भएको कोटीहोम महायज्ञमा शनिबार आगलागी भएको थियो । कुण्डमा जलाइएको आगोको झिल्कोले सल्किएर महायज्ञमा आगलागी भएको वैद्यनाथ धाममा पर्यटक विकास समितिका कार्यकारी निर्देशक भरत कुँवरले नेपालकैरनलाई जानकारी दिनुभएको छ । समितिका कार्यकारी निर्देशन कुँवरका अनुसार आगलागीबाट जलेको यज्ञस्थल शनिबार राति नै पुर्ननिर्माण गरिएको छ । यज्ञस्थल पुर्ननिर्माणपछि आइतबार क्षमा पूजा गरेर महायज्ञ पुन: संचालन गरिएको कुँवरले जानकारी दिनुभयो ।
फागुन २५ गतेसम्म संचालन कोटीहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा