
काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत आज नेदरल्यान्ड्स र नामिबियाबीच खेल हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको खेल बिहान ११ः ३० बजे सुरु हुनेछ।
आजको खेलमा नेदरल्यान्ड्स जित हात पार्दै आफ्नो शिर्षता कायमै राख्न चाहन्छ भने अङ्क तालिकाको पुछारमा रहेको नामिबिया ठूलो अन्तरले जित निकाल्दै फाइनल पुग्ने प्रयासमा रहने छ। आजको खेल दर्शकहरूले निःशुल्क हेर्न पाउने क्यानले जनाएको छ।
आजको खेलले फाइनल प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ । फाइनल प्रवेश गर्ने टालीले नेपालसँग खेल्नेछ ।
नेदरल्याण्ड ३ खेलमा एकमा हार र दुईमा जितसहित चार अंकाका साथ पहिलो स्थानमा छ भने नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट राम्रो भएका कारण दुई टोलीको खेलअगावै नेपाल फाइनल पुगिसकेको छ ।
नेपाल भने शनिवारको खेलमा ६ विकेटले विजयी भएसँगै फाइनल पुगिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा