
काठमाडौँ। दोस्रो संस्करणको केपी ओली फुटबल कपको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । दशरथ रङ्गशालामा भएको फाइनलमा न्यूरोड टीम (एनआराटी)लाई टाइब्रेकरमा पराजित गर्दै मच्छिन्द्रले लगातार दोस्रो पटक उपाधि चुमेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा पुगेपछि विजेताको टुङ्गो टाइब्रेकरबाट लगाइएको थियो । टाइब्रेकरमा मच्छिन्द्रले ५–४ ले नतिजा आफ्नो पक्षमा पा¥यो । एनआरटीका विवेक गुरुङको पेनाल्टी गोलपोस्टभन्दा परबाट बाहिरिएपछि एनआरटी उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।
मच्छिन्द्रका लागि सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन विनोङ, क्रिस्टोफर चिजोबा र देवेन्द्र तामाङले गोल गरे भने एनआरटीका लागि सरोज तामाङ, सञ्जीव विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरेका थिए ।
उपाधि विजेता मच्छिन्द्रले रु ११ लाख र ट्रफी प्राप्त ग¥यो भने उपविजेता एनआरटीले रु पाँच लाख प्राप्त ग¥यो । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको प्रतियोगितामा १० टोली सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा