
काठमाडौँ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१६ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल बङ्लादेशसँग पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलअन्तरले पराजित भएको हो ।
बङ्गलादेशको जितमा सौरभी प्रीतिले गोल गरिन् । उनले खेलको २५औँ मिनेटमा पहिलो गोल गरिन् । त्यस्तै खेलका ३१औँ मिनेटमा प्रीतिले नै पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन् ।
नेपालकी गोलकिपर झरना डुम्राकोटीले बङ्गलादेशकी खेलाडी अल्पी अख्तेरलाई पेनाल्टी बक्सभित्र लडाएपछि बङ्गलादेशले पेनाल्टीको अवसर पाएको थियो ।
प्रतियोगितामा आयोजक नेपालसहित बङ्गलादेश, भुटान र भारत सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि भिड्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा