
काठमाडौँ । पाकिस्तानी राजदूतावासले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आजदेखि धुम्बाराहीस्थित क्रिकेट मैदानमा प्रारम्भ भएको छ ।
नेपालका लागि पाकिस्तानका राजदूत अबरर हुसेन हास्मी र नेपाल क्रिकेट सङ्घका पूर्वअध्यक्ष विनयराज पाण्डेले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत हास्मीले दुवै देशका युवा वर्गबीच खेलकुदका माध्यमबाट पारस्परिक सम्बन्धलाई जोड्ने प्रयासस्वरुप नौ वर्षदेखि प्रतियोगिता आयोजना गरिँदै आएको बताउनुभयो ।
शिक्षा तथा खेलकुदका माध्यमबाट युवा वर्गलाई रचनात्मक काममा प्रेरित गर्न भएका प्रयासको पूर्वअध्यक्ष पाण्डेले सराहना गर्दै नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० प्रतियोगिताले नयाँ प्रतिभा जन्माउने विश्वास व्यक्त गर्नुभयो ।
आगामी नौ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा टोलीबीच प्रतिस्पर्धा हुनेछ । टोलीमा पाकिस्तानी दूतावास क्रिकेट क्लब, हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लबलगायत सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा