
काठमाडौँ । एसियन -याफ्टिङ च्याम्पियनशिपका लागि नेपाली टोली आज भारत प्रस्थान गरेको छ । वल्र्ड -याफ्टिङ फेडेरेसनले आयोजना गरेको उक्त च्याम्पियनशिप भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लामा मार्च ३ देखि १० तारिखसम्म हुँदैछ ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार नेपाली टोलीमा सबिन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर खेलाडी रहेका छन् । अफिसियलमा महेश थापा, साथै प्रशिक्षक भीष्मराज थपलिया रहनुभएको छ । परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गर्नुभएको थियो ।
प्रशिक्षक थपलियाले उक्त च्याम्पियनशिपमा सात देशका २० टोली सहभागी हुने जानकारी दिनुभयो । “यसभन्दा अगावै अन्तरराष्ट्रिय -याफ्टिङ फेडेरेसनले आयोजना गर्दै आएको वल्र्ड कपमा नेपालले सहभागिता जनाउँदै आएको थियो, यस वर्ष वल्र्ड -याफ्टिङ फेडेरेसनले एसियन -याफ्टिङ च्याम्पियनशिप आयोजना गरेको छ, त्यसमा नेपालले पहिलोपटक सहभागिता जनाउने भएको हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार नेपालले विगतमा प्रत्येक वर्ष राष्ट्रिय टोली छनोट गरी वल्र्ड कपमा विभिन्न देशमा सहभागिता जनाउँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा