
मुगु । मुगुम कार्मारोङ गाउँपालिकामा एक पुरुषको ढुङ्गा लागेर आज मृत्यु भएको छ । मुगुम कार्मारोङ–६ रिउस बगरमा रहेको जलविद्युत्मा काम गर्न घरबाट हिँडेका सोही गाउँपालिका–५ का ५० वर्षीय कोन्जोक लाक्याप लामाको सडक माथिबाट आएको ढुङ्गा लागेर मृत्यु भएको हो ।
विद्युत् गृहको नहर पहिराले क्षति गरेपछि वडा नं ५ र ६ का स्थानीयको आज काम गर्ने पालो थियो । सोही कामका लागि मृतक लामासहित अन्य चारजना सेरोग गाउँबाट रिउस आउँदै गर्दा तिलिकछु भन्ने स्थानमा माथिबाट आएको ढुङ्गा लागेर घाइते बनाएको थियो ।
घाइते भएका लामालाई स्थानीय र पुलु प्रहरी चौकीले तत्काल उद्धार गरी पुलु स्वास्थ चौकी पुर्याए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल गमगढी लैजाँदै गर्दा बीच बाटोमा मृत्यु भएको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा