
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले केतकी ग्रह गणितका आधारमा पात्रो गणनाका लागि अध्ययन गर्ने भएको छ । हाल समितिले स्वीकृति दिएका पात्रो सूर्य सिद्धान्तका आधारमा गणना गर्ने गरिएको छ ।
सूर्य सिद्धान्तभन्दा केतकी ग्रह गणितका आधारमा गणना गर्दा राम्रो हुने भएकाले त्यसतर्फ अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । फागुन १२ र १३ गते भारतको उत्तर प्रदेशस्थित लखनउमा भएको ज्योतिषसम्बन्धी गोष्ठीमा पनि केतकी ग्रह गणितका आधारमा पात्रो प्रकाशन गर्ने विषयमा सहमति भएको पनि उहाँले सुनाउनुभयो ।
भारतको केन्द्रीय संस्कृत विश्वविद्यालयले आयोजना गरेको गोष्ठीमा भाग लिन अध्यक्ष अधिकारी, वाल्मीकि विद्यापीठ ज्योतिष विभागका प्रमुख प्रा डा धनेश्वर नेपाल र समितिका सदस्य एवं दक्षिण एशियाली ज्योतिष महासङ्घका अध्यक्ष लक्ष्मण पन्थी जानुभएको थियो । गोष्ठीमा चैत्र शुक्ल प्रतिपदा अर्थात् संवत्सर आरम्भको दिन ज्योतिष दिवस मनाउने सहमतिसमेत गरेको छ । यो दिवस भारत, नेपाललगायत देशमा मनाइने जनाइएको छ । गोष्ठीमा वक्ताले ‘सूर्य सिद्धान्तीय पञ्चाङ्ग र नाभिकीय पञ्चाङ्गको तुलना’ विषयमा विचार प्रस्तुत गर्नुभएको थियो ।
गोष्ठीमा प्रस्तुत भएका विषयमा समितिका सदस्यलाई पनि जानकारी गराएर विसं २०८३ देखिकै पात्रो केतकी ग्रह गणितका आधारमा गर्ने गरी छलफल अघि बढाइएको जानकारी पनि अध्यक्ष अधिकारीले गराउनुभयो । यसका लागि यसै वर्षदेखि पञ्चाङ्गकारहरुसँग छलफल र अभ्यास शुरु गरिने समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा