
काठमाडौँ । त्रिकोणात्मक टी-२० श्रृंखलाअन्तर्गत आजको खेलमा नेपालले नामिबियासँग टस हारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको छ ।
नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन् । ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा आज बेन्चमा छन् ।
नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो ।
नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ । आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा