
पाँचथर। त्रिभुवन आर्मी फुटवल क्लब पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न सेमिफाइनलमा आर्मीले झापा–११ फुटवल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।
निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा आर्मिका लागि तीन खेलाडीले गोल गरेका थिए भने झापा–११ का कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । आर्मीका सन्तोष केसी, दीपकुमार लामा र मानबहादुर आले मगरले गोल गरेका थिए । झापा–११ का पेमा लामा, विशाल तामाङ र रोजिन माझी गोल गर्न चुके ।
यसअघि खेलको ४३औँ मिनेटमा आर्मीका लागि दीपकुमार लामाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५९औँ मिनेटमा झापा–११ का लागि प्रदीप बुढाथोकीले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । आजको खेलमा रेफ्री श्याम दनुवारले चार वटा पहेँलो कार्डको प्रयोग गरेका थिए ।
आजको खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) आर्मीका दीपकुमार लामा घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे । आजको खेलमा उत्कृष्ट ढङ्गले समर्थन जनाउने फिदिम नगरपालिका–७ का निश्चल बाँस्कोटालाई ‘फ्यान अफ दी म्याच’ घोषित गरी रु दुई हजार ५०० पुरस्कार प्रदान गरियो ।
शनिबार फाइनलमा आयोजक पाँचथर क्लब र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले रु पाँच लाख पाँच हजार तथा उपविजेताले रु दुई लाख ५५ हजार पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिने आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा