
काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गर्दै विजयी भएको छ ।
माइकल लेभिट र साइब्रान्ड एङ्गेलब्रेख्तको उत्कृष्ट ब्याटिङमा नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि २ सय ४८ रनको लक्ष्य दिएको थियो । जवाफमा नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ८८ रनमा समेटियो ।
नामिबियाका लागि जान फ्रिलिङक र जान ग्रिनले समान ४२÷४२ रनको योगदान दिए । त्यसैगरी जेपी कोटेजले २६ रन जोड्दा जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले समान १९÷१९ रन बनाए ।
बलिङतर्फ नेदरल्यान्ड्सका टिम भान डर गुगटेनले २ विकेट लिए भने याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वेल, भिभियन किंग्मा र आर्यन दत्तले समान एक÷एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ४७ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्काको मद्दतले सर्वाधिक १ सय ३५ रनको योगदान दिएका थिए । त्यसैगरी साइब्रान्ड एङ्गेलब्रेख्तले ४० बलमा ७ चौका र ५ छक्काको मद्दतले ७५ रन जोडे । तेजा निदामनुरुले १८ रन बनाए ।
दोस्रो विकेटका लागि लेभिट र एङ्गेलब्रेख्तले १ सय ९३ रनको साझेदारी गरेका थिए । नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले दुई विकेट लिए भने जान फ्रेइलिङ्कले र बेन सिकोन्गोले समान एक÷एक विकेट लिए ।
योजितसँगै नेदरल्यान्ड्सले दोस्रो जित दर्ता गराएको छ । यसअघि भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २ रनले पराजित गरेको थियो । उक्त प्रतियोगिताअन्तर्गत भोलि नेपालले नामिबियासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा