
काठमाडौँ । फलाम उद्योगमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षाका सवालमा उद्योग सञ्चालकले ध्यान नदिएको सांसदहरुले बताउनुभएको छ ।
प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा सदस्यहरूले श्रमिकहरूको जीउज्यानको सुरक्षाको विषयलाई उद्योगले पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सांसद कृष्णकुमार श्रेष्ठले नेपालको फलाम उद्योगमा काम गर्न कामदार छिमेकी देश भारतबाट ल्याउने र ती मजदूरको ज्यान जोखिममा राखेर काममा लगाउने विषय गम्भीर रहेको बताउनुभयो । उहाँले विदेशी भएकै कारण ती मजदुरको ज्यानमाथि खेलवाड गरेको हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो ।
संसद श्रेष्ठले भारतीय मजदुरको दुर्घटना भएमा रक्सौलमा लगेर उपचार गराउने र मृत्यु भएपछि थोरै रकम भुक्तानी गरेर मजदुरको अधिकार हनन् गरेको बताउनुभयो । सांसद डोलप्रसाद अर्यालले नेपालमा सञ्चालित फलाम उद्योगले विदेशी कामदारमाथि गरेको अन्यायबारे सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले कुनै पनि देशको नागरिक भए पनि मानिसको ज्यानसँग खेलवाड गर्न नहुने विचार व्यक्त गर्नुभयो ।
सांसद राजु थापाले गुणस्तर मापनजस्ता विषयमा उद्योगले खेलवाड गर्न नहुने बताउँदै राज्यले विभेदकारी नीति अवलम्बन गर्न नहुनेमा जोड दिनुभयो । उहाँले फलामजन्य कच्चा पदार्थ विदेशबाट आयात गर्ने तर नेपालमा भएका फलाम खानीका सम्भाव्यताका लागि सरकारले अध्ययन वा चासो नदेखाएकामा असन्तुष्टि व्यक्त गर्नुभयो ।
सांसद हेमराज राईले गुणस्तरहीन सामग्रीको प्रयोगले गर्दा भौतिक संरचनामा क्षति पुग्ने उल्लेख गर्दै यसको उचित समाधान खोज्न आवश्यक रहेको बताउनुभयो । भूकम्पीय जोखिम रहेको देशमा मापदण्ड नपुगेका सामग्रीको प्रयोग हुने भएकाले बनाएका संरचना टिकाउ नहुने अवस्थाको सिर्जना भएकोबारे गम्भीर हुन जरुरी रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा