
काठमाडौँ । सांसदहरुले तराई-मधेस क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेसका जनतालाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले चुरेको दोहन रोकेर संरक्षण गर्न, मधेसका जलाशयको संरक्षण गर्न तथा अन्न भण्डारको क्षेत्र रहेको मधेसमा सिँचाइको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो । सांसद् जगप्रसाद शर्माले विनियोजित बजेट खर्च नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गर्दै समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद तारामान स्वाँरले सुदूरपश्चिमको विकास र अर्थतन्त्रको मेदरुदण्डमा रहेका सेती र महाकाली लोकमार्ग निर्माणलाई तीव्र बनाउन तथा आगामी आवका लागि बजेटको सुनिश्चितता गराउन माग गर्नुभयो । सांसद भगवती न्यौपानेले भानुभक्तको जन्मस्थललाई पर्यटकीय स्थलका रुपमा विकास गर्न आग्रह गर्नुभयो ।
सांसद बिमला घिमिरेले मिटरव्याज पीडित तथा किसानका माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सुमित्रा विसीले जाजरकोटका भूकम्पपीडित पालभित्र बस्न बाध्य रहेको उल्लेख गर्दै तत्काल आवास पुनःनिर्माणको प्रक्रिया अघि बढाउन सुझाव दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा