
काठमाडौँ । इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । पेरिस ओलम्पिक छनोटको आधार रहेको त्यो प्रतियोगितामा पुरुष ५१ किलो तौल समूहमा चन्द्रबहादुर थापा र महिला ५४ किलोतर्फ अञ्जली तेलीले नेपालबाट प्रतिस्पर्धा गर्ने छन् ।
अञ्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनलमा पुगेर नेपाली बक्सिङमा इतिहास रचेकी खेलाडी हुन् । इटाली जाने टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारी तथा प्रशिक्षकमा प्रचण्ड शर्मा रहेका छन् । आगामी मार्च ३ देखि ११ तारिखसम्म हुने त्यो प्रतियोगिताका लागि ४ सदस्यीय नेपाली टोली बिहीबार इटाली प्रस्थान गर्नेछ ।
नेपाल बक्सिङ महासङ्घका उपाध्यक्ष श्यामकाजी अवालेका अनुसार ओलम्पिकको बक्सिङमा नेपालले ३२ वर्षदेखि सहभागिता जनाएको छैन । सन् १९९२ मा स्पेनको बार्सिलोनामा भएको २५औँ संस्करणदेखि नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता जनाएको छैन ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवाले, राष्ट्रिय टोली तयारीका निर्देशक दीपक बिष्ट लगायतले टोलीलाई बुधबार बिदाइ गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा