
मकवानपुर । बकैया गाउँपालिकामा बिजुलीको पोल ढलेर लाग्दा वडासदस्यको मृत्यु भएको छ । पोल ढलेर गाउँपालिका वडा नम्बर ७ का सदस्य ४० वर्षीय रामकुमार तितुङको मृत्यु भएको हो ।
वडा सदस्य तितुङलाई मङ्गलबार दिउँसो साढे १ बजे आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल ढल्दा लागेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभएको छ ।
पोलले लागेर सख्त घाइते भएपछि तितुङलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि मङ्गलबार नै भरतपुरस्थित मेडिकल कलेज लगियो । तितुङको त्यही उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको भण्डारीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा