
काठमाडौँ । त्रिदेशिय टी-२० श्रृंखला अन्तर्गत आजको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपरमा भएको खेलमा जितका लागि १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८२ रनमा समेटियो ।
नेपालको यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८२ रनमा समेटियो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो ।
नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै नेपाललाई जित नजिक पु¥याएका थिए । खेलको तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भए ।
चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड आउट हुन पुगे । नेपाललाई जितका लागि ३ बलमा ४ रन चाहिएको थियो । उनी बोल्ड आउट हुन पुगे । दिपेन्द्रले ३४ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ६३ रन बनाए ।
त्यसपछि उनको स्थानमा आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् । छैटौँ बलमा उनले १ रन मात्र लिए । अन्ततः नेपाल नेदरल्यान्डसँग पराजित हुन पुग्यो ।
खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक प्रहार गरे । उनले ३५ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५० रन जोडे । आशिफ शेखले २३ बलमा चार चौका र एक छक्काको मद्धतमा ३४ रन जोडे । कुशल मल्ल र करण केसीले समान ११/११ रन जोडे भने सन्दिप जोराले ८ रन बनाए ।
बलिङतर्फ स्याब्रान्ड एंगेलब्रेक्ट र रोलेफ भान डर मर्वेले समान दुई÷दुई विकेट लिए भने आर्यन दत्त, भिभियन किंग्मा र टिम भान डर गुगटेनले समान एक÷एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ३६ बल खेल्दै पाँच चौका र तीन छककाको सहयोगमा ५४ रन बनाएका हुन् । त्यस्तै स्याब्रान्ड एंगेलब्रेक्टले ३८ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन बनाए । स्कट एडवार्डसले १६ बल खेल्दै पाँच चौकाको मद्दतमा ३३ रन जोडे । तेजा निडामानिरुले ३१ रन जोड्दा म्याक्स ओडाउडले चार रन बनाए ।
बलिङतर्फ नेपालका करण केसी र कुशल मल्लले समान एक/एक विकेट लिएका थिए । नेपालले यही फागुन १८ गते नामिबियासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा