
चितवन । नारायणगढदेखि रत्ननगरसम्म आयोजना गरिएको मिनी म्याराथुनमा ४८ महिलासहित ८९ जना चेपाङ समुदायका नागरिक सहभागी हुने भएका छन् । सबै क्षेत्रमा पछाडि परेको चेपाङ समुदायबाट ठूलो सङ्ख्यामा मिनी म्याराथुनमा सहभागी हुनुलाई सकारात्मक रुपमा लिइएको छ ।
रोटरी क्लब अफ रत्ननगरले फागुन १९ गते आयोजना गरेकोे ‘रोटरी मिनी म्याराथुन’ मा उनीहरु सहभागी हुन लागेका हुन् । प्रतियोगितामा अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदायबाट ४८ जना महिला र ४१ पुरुष गरी ८९ जना सहभागी हुने भएका आयोजकले जनाए । प्रतियोगितामा लामो दूरी पार गर्ने चेपाङ समुदायलाई नगद दुई हजार र छोटो दूरीका चेपाङ महिलालाई एक हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
म्याराथुन कार्यक्रमका संयोजक बिपिन पोख्रेलका अनुसार खुल्लातर्फको १५ दशमलव चार किलोमिटर र महिला लक्षित ५ किलोमिटर दूरीको दौड प्रतियोगिता हुनेछ । प्रतियोगितामा दुवै समूहतर्फ गरी ६ सय दुईजनाले सहभागिताका लागि नाम दर्ता गराएको पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको पनि सहभागिता रहने छ ।
उहाँले भन्नुभयो– ‘जर्मनी र केन्याका दुई÷दुईजना धावकले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।ङ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सीमान्तकृत समुदायका धावकहरुको पनि दौडमा सहभागिता रहने छ ।
क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार १५ दशमलव चार किलोमिटरको दौड नारायणगढको उद्योग वाणिज्य सङ्घको कार्यालय नजिकबाट शुरु हुने छ । भने पाँच किलोमिटरको दौड टिकौली जङ्गलको मध्यभागबाट शुरु गरिने छ । दुवै दौड रत्ननगरको हरिहर मार्गमा सम्पन्न हुनेछ ।
भरतपुर भ्रमण वर्षलाई लक्षित गर्दै रोटरीको जनविश्वास बढाउनका लागि प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । भरतपुर भ्रमण वर्ष र समग्र चितवनको पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ । क्लबले आयोजना गरेको यो दोस्रो मिनी म्याराथुन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा