
मोरङ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई ‘खरानीको डल्लो’ संज्ञा दिनुभएको छ ।
एमाले अध्यक्ष ओलीले बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरु समक्ष यस्तो टिप्पणी गर्नुभएको हो। ‘खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ’ ओलीले संचारकर्मीहरुसँग भन्नुभयो – ‘यसको कुनै अर्थ छैन ।’
ओलीले सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताउनुभयो । भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरुले राजीनामा दिएर सत्यतथ्य छानविन गर्नका लागि सहयोग गर्नुपर्नेमा उहाँको भनाई छ ।
प्रमुख प्रतिपक्ष दलका नेता ओलीले नेपाली कांग्रेसले महासमिति बैठकबाट संविधान संशोधनको ‘ब्याक फायर’ गरेको उल्लेख गर्नुभयो । ‘संविधान के का लागि ? किन र के संशोधन गर्ने ?’ काग्रेसप्रति लक्षित गर्दै उहाँले भन्नुभयो– कांग्रेस अहिले प्रतिगामी सोचका साथ अगाडि बढेको छ ।‘एमालेले प्रतिगमनका लागि साथ दिनु पर्ने ?’
ओलीले एमाले सरकार फेर्ने खेलमा नरहेको दाबी गर्नुभयो । एमाले मिसन ८४ मा लागेको भन्दै सरकारको विषय प्राथमिकतामा नरहेको अध्यक्ष ओलीको भनाई छ । ‘एमाले ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ अगाडि बढेको छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा