
काठमाडौँ । राजधानीमा जारी केपी ओली कप राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा जाउलाखेल युथ क्लबले आयोजक केपी ओली एफसीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा जाउलाखेलले केपी ओली एफसीलाई २, १ गोलअन्तरले पराजित गर्यो । उसको जितमा निराजन धामी र निरज चौधरीले समान एक/एक गोल गरे । खेलको ३९औं मिनेटमा जावलाखेलका निराजन धामीले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । खेलको ८२औं मिनेटमा जावलाखेलले अग्रता दोब्बर बनायो ।
खेलको ८४औँ मिनेटमा केपी ओली एफसीका अडामा गोम्वियाकेले एक गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र जाउलाखेल विजयी भयो ।
जावलाखेलले सेमिफाइनलमा (एनआरटी) न्यूरोड टिमविरुद्ध खेल्नेछ । सेमिफाइनल फागुन १७ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । फागुन १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले ११ लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा