
मकवानपुर। बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक प्रदेशसभा सचिवालयमा अपराह्न ३ बजे बस्ने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले राससलाई जानकारी दिनुभयो ।
आजको बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षी दलका संसदीय दलका नेताहरुले सम्बोधन गर्ने र केही विधेयक पनि प्रस्तुत हुने कार्यसूची रहेको प्रमुख सचिव खड्काले जानकारी दिनुभयो ।
आजको सो प्रदेशसभा बैठकअघि सर्वदलीय बैठक बस्दैछ । यसअघि बसेको सर्वदलीय बैठकमा संसद् सञ्चालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबीचको पूर्वनिर्धारित सहमतिका विषयमा भने कुरा मिल्न सकेको थिएन ।
सोही विषयमा छलफल गरी सहमतिमा पुग्नेगरी आज पनि सर्वदलीय बैठक बस्न लागेको हो । बागमती प्रदेशसभाको बैठक यसअघि गत असोज २२ गतेदेखि बसेको छैन । दलबीचको विवादका कारण यहाँको प्रदेशसभा बैठक प्रभावित हुँदै आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा