
तनहुँ। नेकपा (एकीकृत समाजवादी) तनहुँले दुईमहिने पार्टी जागरण अभियान चलाउने निर्णय गरेको छ । सो पार्टीको सोमबार दमौलीमा सम्पन्न दशौँ पूर्ण बैठकले आगामी चैतदेखि दुई महिना पार्टी जागरण अभियान चलाउने निर्णय गरेको हो ।
पार्टीका कार्यकर्तालाई सङ्गठित गर्दै पार्टीलाई बलियो बनाउन जागरण अभियान चलाउने निर्णय भएको प्रचार विभाग प्रमुख गजिन्द्रराज पन्थले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जागरण अभियानका क्रममा जिल्लाका ८५ वटै वडामा पुगेर विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । यसले पार्टीलाई चलायमान र पार्टी कार्यकर्तालाई एकढिक्का बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।”
बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङले देशको वर्तमान राजनीतिक अवस्था र पार्टीको सिद्धान्तका बारेमा प्रष्ट पार्नुभएको थियो । वर्तमान गठबन्धनलाई बलियो बनाउँदै सरकारका गतिविधिलाई जनउत्तरदायी बनाउन पार्टीले केन्द्रमा भूमिका खेलिरहेको उहाँको भनाइ थियो ।
पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष तथा तनहुँ इन्चार्ज विद्यानाथ ढकाल, केन्द्रीय सदस्य कलिला खानले अहिलेको गठबन्धनलाई बलियो बनाएर लैजानुको विकल्प नभएको चर्चा गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा