
काठमाडौँ । त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत आज पहिलो खेलमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ११ः३० बजे शुरु हुनेछ।
श्रृङ्खलाका लागि रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारी स्वरुप खेल हुन लागेको क्यानले जनाएको छ।
त्रिकोणात्मक टी–२० श्रृङ्खलाको पहिलो चरणमा तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन्। यसअघि तीन देशबीच भएको एकदिवसीय सिरिजमा नेपालको राम्रो प्रदर्शन देखिएन। नामिबियासँगको दुबै खेलमा पराजित भएको नेपाल टी(२० सिरिजमा आफ्नो हारको बदला लिन चाहन्छ।
नेपाली टोली
रोहितकुमार पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाष बोहरा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा