
मकवानपुर । फागुनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न बागमती प्रदेशका राजनीतिक दल सहमत भएका छन् । आइतबार बसेको सर्वदलीय बैठकमा सहमति भएको हो ।
नेतृत्व चयनका लागि बैठकले दलका सचेतकको नेतृत्वमा एउटा कार्यदल समेत गठन गरेको छ । कार्यदलको संयोजकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्साल हुनुहुन्छ । कार्यदललाई १० दिनभित्र आवश्यक छलफल गरी प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ ।
प्रदेशसभा बैठक सञ्चालन गर्ने सम्बन्धमा सबै दल सकारात्मक रहे पनि ठोस निर्णय भने सर्वदलीय बैठकमा हुन सकेन । संसद् सञ्चालनका विषयमा दलबीच सहमति जुट्न नसकेपछि फागुन १५ गते बिहान ८ बजे पुनःसर्वदलीय बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको थियो । बैठकमा सत्तापक्ष र विपक्षी दलबीचको सहमति, अन्तद्वन्द्वलाई समाधान गर्ने प्रयास हुने जनाइएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजोको छलफलमा संसद् सञ्चालनको विषयसहित अन्य विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको बताउनुभयो । उहाँले सदन सञ्चालनका विषयमा सबै दल सकारात्मक रहे पनि अन्य विषयमा भने सहमति जुट्न नसकेको उहाँको भनाई छ ।
संसद् र संसदीय समितिको नेतृत्वका विषयमा पनि दलबीचको समस्या समाधान भएको उहाँको भनाई छ । उहाँका अनुसार सरकार र प्रतिपक्ष दलबीचको सहमति लगायत विषयमा अन्य विकल्पमा सहमति खोज्ने प्रयास जारी छ ।
प्रमुख प्रतिपक्ष नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले छलफलमा सहमति जुट्न नसकेको र प्रयास जारी रहेको बताउनुभयो । उहाँले सरकार र प्रतिपक्षबीचको सहमतिका विषयमा गम्भीर रूपमा छलफल भइरहेको उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा