
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले यहि मंगबारदेखि हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ।
रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा भएको हो । विश्वकप छनोट खेलेको टोली बाहेक विनोद भण्डारी, प्रतिश जिसी, बिबेक यादव, रशिद खान, सागर ढकाल र अभिनास बोहरा टिममा समावेस भएका छन् । राशीद र सागरले नेपाल ए बाट क्यानडाबिरुद्ध खेलेका थिए । पिएम कपमा चोट बोकेका अभिनाश बोहोरा टोलीमा फर्केका छन् ।
ओडीआई टोलीमा नरहेका अभिनाश, विनोद, सन्दीप, विवेक, प्रतिश, राशीद र सागर पनि टि २० टोलीमा समावेश छन् । एकदिवसीय टिममा रहेका पवन सर्राफ, सूर्य तामाङ, भीम सार्की र देव खनाल टिममा छैनन्।
सिरिजमा पहिलो खेल नेपाल र नामिबियाबीच मंगलबार हुनेछ। बुधबार नेपाल र नेदरल्यान्ड्स भिड्नेछन्। यस्तै नेपालले नामिबियासँग शुक्रबार र शनिबार नेदरल्यान्ड्ससँग फेरि खेल्नेछ। फाइनल फागुन २२ गते मंगलबार हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा