
कालिकोट । कालिकोटको सुनथराली विमानस्थलको परीक्षण उडान सफल भएको छ। आइतबार प्राविधिक टोलीसहित नेपालगञ्जबाट उडेको तारा एयरको जहाजले सुनथराली विमानस्थलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले बताउनुभयो ।
२०४२ सालमा निर्माण कार्य सुरु गरिएको सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण कार्य सम्पन्न भएको थियो।
विमानस्थल उद्घाटनका लागि यसअघि तीनपटक समय तोकिए पनि विभिन्न कारणले उद्घाटन हुन नसकेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहोराले जानकारी दिनुभयो ।
भोलि (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीद्वारा विमानस्थल उद्घाटन गर्ने तयारी भइरहेको छ।
२०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेपछि विमानस्थल निर्माण सुरुवात भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा