
धनुषा । आजदेखि शुरु भएको दादुरा-रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मधेश प्रदेशका ८ जिल्लाका १९ लाख ४७ हजार १ सय ४२ जना बालबालिकालाई खोप लगाइने भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका– २३ स्थित श्रीराम लक्ष्मण राष्ट्रिय प्राथमिक विद्यालाय केन्द्रबाट उपमहानगरप्रमुख मनोजकुमार साह र मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा राजीवकुमार झाले अइतबार खोप अभियानको शुभारम्भ गर्नुभयो ।
त्यसअवसरमा निर्देशनालय प्रमुख झाले मधेस प्रदेशका ८ जिल्लामा ९ महिनादेखि १५ वर्ष उमेर समूहका १९ लाख ४७ हजार १ सय ४२ जनालाई खोप लगाइने जानकारी दिनुभएको छ । राष्ट्रिय अभियानअन्तर्गत आजदेखि चैत ७ गतेसम्म प्रदेशका १ सय ३६ पालिकाका सबै १ हजार ७१ वडामा ११ हजार ३ सय ४६ केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । त्यसका लागि १५ हजार ५ सय ८४ खोप कार्यकर्ता र त्यति नै सङ्ख्यामा स्वयंसेवक परिचालन गरिएको पनि उहाँले बताउनुभयो ।
स्वास्थ्य निर्देशनालयमा १० मात्रा भएको २ लाख ५१ हजार ७ सय ९८ भाइल, २१ लाख ९४ हजार सिरिन्ज र २१ लाख ९६ हजार घोलक सिरिञ्ज नेपाल सरकारकारमार्फत प्राप्त भएको पनि जानकारी दिइयो ।
अभियान सफल पार्न सरकारबाट जिल्लास्तरमा कार्यक्रम खोप कार्यक्रम सञ्चालनका निम्ति ६ करोड ८९ लाख १८ हजार र स्वास्थ्य निर्देशनालयलाई कार्यक्रम गर्न २ लाख १३ हजार ९ सय प्राप्त भएको पनि निर्देशनालयले जनाएको छ ।
जनकपुरधाम उपमहानगर प्रमुख साहले मधेस प्रदेशका जिल्लाहरू दादुरारुबेलाको जोखिममा रहेकाले अभियानबाट लाभ लिन नगरबासीलाई आग्रह गर्नुभयो । सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुवेला रोग उन्मूलन गर्ने लक्ष्यका साथ अभियान सुरु गरेकाले ढुक्कका साथ आफ्ना बालबालिकालाई नजिकको खोप केन्द्रमा लिनसमेत अनुरोध गर्नुभयो ।
वडा नम्बर २३ का अध्यक्ष राघबेन्द्र साहले आफ्नो वडामा रहेका लक्ष्यित ६ सय ५१ बालबालिकालाई खोप लगाउने बन्दोबस्त मिलाइएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा