
काठमाडौँ । सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरुले असन्तुष्टि जनाउनुभएको छ। समितिको आइतबारको बैठकमा तोकिएको अवधिमा निर्माण सम्पन्न नभएको र भवन निर्माण गर्दा नेपालको मौलिकता समेत नझल्किएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
सांसद मदनकुमारी शाहले भवन निर्माण आयोजनाको म्याद थपेर समय लम्बाउने खेल मात्रै भएको, तर निर्माणमा भने प्रगति देखिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘संसद् भवन निर्माणमा निकै ढिलाइ भइरहेको छ । भवनमा नेपालको मौलिकता पनि झल्किएन ।’ सांसद नरपति लुवारले संसद् भवन राष्ट्रको अनुहार झल्किने ठाउँ भए पनि अहिले निर्माण भइरहेको संरचनाले नेपालको मौलिकता नझल्काएको बताउनुभयो ।
समितिको आजको बैठकमा सन्धिुलीगढी, जर्बुटा कला केन्द्र सिन्धुली, मकवानपुरगढी तथा राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालयको स्थलगत अध्ययन, अनुगमन तथा अवलोकनसम्बन्धी प्रतिवेदन पेश भएको छ । सिन्धुलीगढीमा जाने सिँढीयुक्त बाटो धेरै उकालो भएकाले बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गमैत्री नबनेको निष्कर्ष प्रतिवेदनको छ । गढीमा रहेको ऐतिहासिक संरचनाको संरक्षण हुन नसक्दा महत्वपूर्ण पुरातात्विक महत्व हराउँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समिति सभापति मायाप्रसाद शर्माले सिन्धुलीगढी, मकवानपुरगढी र जर्बुटा कला केन्द्र सिन्धुलीको सङ्रक्षणका लागि तीन तहको सरकारको तालमेल हुन जरुरी रहेको बताउनुभयो । उहाँले नयाँ गढीको खोजी गर्दै त्यसको प्रचारप्रसारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागसँग छलफल गर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा