
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ता चौधरीले बनाएको अचार किन्नुभएको छ ।
नेकपा एमालेको पूर्वसांसद शान्ताले पछिल्लो समय राजनीतिक क्रियाशीलतासँगै विभिन्न किसिमको अचार उत्पादन गर्दै आउनु भएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीसँग पराजित भएपछि शान्ताले त्यस लगत्तै गत पुस २० गते घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता अचार व्यवसाय थाल्नुभएको हो । शान्ताले दाङमा विभिन्न २२ किसिम अचार दाङमा उत्पादन गरेर काठमाडौंमा बिक्री बितरण गर्दै आउनुभएको छ । एमाले अध्यक्ष ओली आइतबार शान्तासँग करिब ४ हजार रुपैयाँको अचार किन्नुभएको हो ।
एमाले अध्यक्ष ओलीले अचार किने लगत्तै त्यसबारे सामाजिक संजालमार्फत जानकारी गराउनुभएको छ। ‘शान्ता चौधरीले ‘शान्ताको अचार उद्योग खोल्नु भएको रहेछ। उद्योगबाट २२ किसिमका अचार उत्पादन भइरहेका रहेछन्, मलाई मन पर्ने टिमुर र लसुनको अचार मैले किनेँ’ ओलीले आफ्नो फेसबुकमा लेख्नुभएको छ – शान्ता चौधरी पूर्व सांसद पनि हुनुहुन्छ र राजनीतिमा सक्रिय हुनुहुन्छ । आत्मनिर्भर बन्ने प्रयासको लागि उहाँलाई शुभकामना ! शान्ताजीलाई बधाई !!’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा