
झापा । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, झापामा विद्रोह भएको छ । प्रदेश कमिटी सदस्य वासु दुलालसहितका दर्जनौ नेताहरु पार्टीमा विद्रोह गर्दै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ।
माओवादीको स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चाको संयोजक रहनुभएका दुलाल अन्य नेताहरुसहित एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो । बिर्तामोडमा शनिबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मोर्चाका संयोजक दुलाल, सदस्य गोपी अधिकारी, नन्दीकेशर पोखरेल, प्रकाश भारती, सुदिप खवास, डा मुरलीप्रसाद साह र इन्दु खवास कट्टेलसहित ७५ जना नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउनुभएको छ।
कार्यक्रममा संयोजक दुलालले सिमाजवादसम्म पुग्ने सपना साकार पार्न स्पष्ट विचार बोकेको पार्टी नेकपा एकीकृत समाजवादी मात्रै भएको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र अन्य दलबाट १ सय १० जना पार्टी प्रवेश गरेको एकीकृत समाजवादी झापाका अध्यक्ष वेदराज रेग्मीले जानकारी दिनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा