
तुलसीपुर। लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादवलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको छ । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेकापछि उहाँ स्वतः निलम्वनमा पर्नुभएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिव दुलर्भकुमार पुनले सूचना जारी गरी यादवविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतःनिलम्वनमा रहने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार निलम्वन गरिएको जानकारी दिनुभयो । उहाँविरुद्ध सार्वजनिक सम्पत्ति(वन पैदावार) को हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्ने विषयमा यही फागुन ८ गते विशेष अदालतमा मुद्दा परेको हो ।
उहाँ कपिलवस्तु क्षेत्र नं ३ को २ बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित यादव यसअघि उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा