
काठमाडौँ । आइसीसी क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको आजको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा मैदान भिजेर ढिलोगरी खेल शुरु भएका कारण ४५ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको ४३.५ ओभरमा १ सय ७९ रनमा अलआउट भएको थियो ।
नेदरल्यान्ड्सका नोआ क्रोस ४६ रनमा अविजित रहेपनि तल्लोक्रममा साथ नपाउँदा जितसम्म पुर्याउन सकेनन् । उनले ५६ बलमा ३ चौका प्रहार गरेका थिए । ओपनर म्याक्स ओ डाउडले ४१ रन जोडेका थिए ।
नामिबियाका लागि कप्तान एरास्मस र जान फ्रिलिंकले ३-३ विकेट लिँदा बर्नार्ड स्कोल्जले २ विकेट हात पारे । रुबेन ट्रम्प्लम्यान र निकोल लफ्टि इटनले १-१ विकेट लिए ।
यो जितसँगै नामिबिया ४ खेलमा ६ अंक जोड्दै लिग २ को शीर्षस्थानमा उक्लेको छ । नेपाल र नेदरल्यान्ड्सको ३ खेलमा २ २ अंक छ । अब अन्तिम खेल आइतबार नेपाल र नेदरल्यान्ड्सबीच हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा