
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सङ्गठित सदस्यता नवीकरणका लागि परिपत्र (सर्कुलर) जारी गरेको छ ।
पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यले प्रदेश तथा जिल्लाबाट सदस्यता नवीकरण गराउँदा अनिवार्यरुपमा फागुन २० गतेभित्र नवीकरण गराउँन पार्टीले सर्कुलर जारी गरेको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार फागुन २० गते नवीकरण गराइसके २५ सम्म नवीकरण भएको विवरण तयार गरी सम्बन्धित तहमा पठाउन सहज हुने भएकाले त्यो समयसीमा निर्धारण गरिएको हो ।
जसपाको सङ्गठित सदस्यता वार्षिक एक सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको भन्दै सदस्यता शुल्कबापतको रकम र रसिद केन्द्रीय कार्यालयमा पठाउन भनिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा