
भोजपुर । चौधौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले हासिल गरेको छ । प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र चार कास्य पदकसहित टेम्केमैयुम गाउँपालिका प्रथम भएको हो ।
प्रतियोगितामा साल्पासिलिछो गाउँपालिकाले छ स्वर्ण, छ रजत र एक कास्य पदकसहित दोस्रो भएको छभने भोजपुर नगरपालिका पाँच स्वर्ण, सात रजत र आठ कास्यसहित तेस्रो भएको छ । त्यसैगरी, पाँच स्वर्ण, तीन रजत र चार कास्यसहित षडानन्द नगरपालिका चौथो भएको छ । गत वर्षको विजेता अरुण गाउँपालिकाले भने यस वर्ष तीन स्वर्ण, एक रजत र छ कास्य पदकमा चित्त बुझाएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजना तथा षडानन्द नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताका विजेता पालिकालाई पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्रकुमार राई लगायतले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा