
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महासमिति बैठकले पार्टीलाई थप बलियो र सुदृढ बनाएको बताउनुभएको छ ।
गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको महासमिति बैठककोे समापनसत्रमा उहाँले महासमिति बैठकले पार्टीमा थप उत्साह थपेको बताउनुभयो । ‘आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत पार्टीका रूपमा अगाडि बढाउन सबै लाग्नुपर्छ’ उहाँले भन्नुभयो । उहाँले देशलाई समस्या परेको बेलामा कांग्रेसले निकास दिनुपर्ने धारणा राख्नुभयो ।
कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेस कमजोर नभएको बताउँदै कांग्रेसलाई कुनै प्रकारको गठबन्धन आवश्यक नभएको धारणा राख्नुभयो । पार्टीभित्र एकता आवश्यक रहेको भन्दै उहाँले निर्वाचन पहिलेभन्दा पछि मात्र आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले देशको आर्थिक रुपान्तरण गर्ने जिम्मा कांग्रेसको भएको बताउनुभयो । उहाँले सीमित स्रोत, साधनका बाबजुद अर्थतन्त्रको विकासका लागि सरकारले काम गरिरहेको बताउनुभयो । कांग्रेस केन्द्र, प्रदेश र स्थानीय तहमा ठूलो पार्टी बनेकाले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने उहाँको भनाई छ ।
वडादेखि प्रदेश हुँदै केन्द्रसम्म संस्थागतरूपमा निर्णय गरेर अगाडि बढ्नुपर्नेमा डा महतले जोड दिनुभयो । गठबन्धन गरेर जानु नपर्ने परिस्थिति निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने उहाँको भनाई छ ।
कांग्रेसका पूर्वकोषाध्यक्ष सीतादेवी यादवले पार्टीलाई बलियो बनाउनका लागि सबैको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीभित्र देखिएको गुट–उपगुटको अन्त्य गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा