
काठमाडौँ । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको शृङ्खला क्यानडा–११ ले २–१ ले जित्यो ।
पहिलो खेलमा क्यानडाले नेपाललाई चार विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले क्यानडामाथि दुई विकेटको जित हासिल गरेको थियो ।
आज जितका लागि एक सय ८२ रनको लक्ष्य क्यानडा–११ ले २८ दशमलव पाँच ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । क्यानडा–११ को जितमा निकोलस किर्तोनले ७७ बल खेल्दै ६ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान गरे । त्यसैगरी नवनित दलिवालले ३८, आरोजन जोनसनले ३६ तथा निखिल दत्तले १४ रन बनाए ।
नेपालका लागि साहब आलमले ४ विकेट लिए भने शेर मल्ल र बसिर अहमदले समान १–१ विकेट लिए ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए । त्यसैगरी अर्जुन कुमालले २७ बनाउँदा बसिर अहमदले २५ तथा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले १९ रन बनाए ।
क्यानडाका लागि डिलोन हेलिगर, निकोलस कीर्तन र हर्ष ठेकरले समान दुई–दुई विकेट लिए भने कप्तान सादबिन जफर र कलिम सानाले समान एक–एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा