
काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गरिने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले फागुन १८ देखि २७ गतेसम्म १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्न लागेको हो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष आरसी कोइरालाले नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मुख्य पर्यटकीयस्थलमा महोत्सव गर्न लागेको जानकारी दिनुभयो । उहाँले त्यो महोत्सवले मुलुकमा पर्यटन र संस्कृतिको प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मेलामा भारत, इण्डोनेसिया, मलेसिया, पोल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनी लगायत मुलुकबाट ३ सय ५० कलाकार सहभागी हुने आयोजकले जनाएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा १९ गते उद्घाटन हुने महोत्सव विश्व सम्पदासूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र पाटन दरबार क्षेत्रका साथै दाङ, कास्कीमा समेत विभिन्न सांस्कृतिक कार्यक्रम गरिने छ ।
स्थानीय लोककला, सांस्कृतिक झाँकीका साथै अन्तर्राष्ट्रिय कलाकारका प्रस्तुति समेत महोत्सवमा गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा