
काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रप्रसाद राय यादवले स्वच्छ खानेपानी उपभोग गर्न पाउनु सबै नेपालीको नैसर्गिक अधिकार भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठको नेतृत्वमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, ६, ८ र ९ का खानेपानीको समस्या भोगिरहेका जनताद्वारा प्रस्तुत ज्ञापनपत्र बुझ्दै उहाँले खानेपानीसम्बन्धी जनताको माग न्यायोचित रहेकाले यसलाई सम्बोधन गर्न हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्त्री यादवले भन्नुभयो– ‘काठमाडौँ उपत्यकामा वितरण गर्न ल्याइएको खानेपानीको सङ्कलन केन्द्र वरपरका प्रभावित जनताले पानी पाउनुपर्छ भन्नेमा दुई मत छैन । स्वच्छ र शुद्ध खानेपानी पाउनु सबैको नैसर्गिक अधिकार हो ।’ उहाँले त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्य, स्थानीय तहका प्रमुख तथा खानेपानी वितरणसँग सम्बन्धित सबै सरोकारवालासँगको छलफलपछि नागरिकका माग सम्बोधन गरिने बताउनुभयो ।
ती चार वडामा बसोबास गर्ने करिब १५ हजार घरधुरीमा रहेका ६० हजार बासिन्दाले खानेपानीको समस्या झेल्दै आएको ज्ञापन पत्रमा उल्लेख छ । उक्त नगरपालिकाको वडा नम्बर ९ मा मेलम्ची खानेपानी आयोजनाका ठूला पानी ट्याङ्की निर्माणाधीन छन् ।
सुन्दरी जल खानेपानी आयोजनाको मूल पाइप पनि त्यही नगरपालिकाका विभिन्न ३ वडा भएर गएको छ । दुवै खानेपानी आयोजनाबाट प्रभावित त्यस क्षेत्रमा २० वर्षदेखि खानेपानीको अभाव हुँदैआएको छ । बोरिङ गरी जमिनमुनिबाट पानी निकाल्ने क्रममा ग्याँस निस्केर टोल र समाज नै आतङ्कित हुने गरेको पनि ज्ञापनपत्रमा उल्लेख छ ।
सांसद श्रेष्ठले ‘बत्तीमुनि अध्यारो’ भन्ने उखान जस्तै यहाँका जनतालाई आगामी सुक्खायाममा काकाकूलको अवस्था आउन नदिनेतर्फ ध्यान पुर्याउन मन्त्री यादवको ध्यानाकर्षण गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा