
सिन्धुपाल्चोक। १६दशमलव २६ मेगावाट क्षमताको लिपिङखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । हिम रिभर हाइड्रोपावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको त्यो आयोजनाको सुरुङ बाँध, पाइपलाइन र पावरहाउसको काम ८५ प्रतिशत सकिएको हो ।
निर्माण शुरु भएको दुई वर्षभित्र नै काम अन्तिम चरणमा पुगेको आयोजनाका कार्यकारी निर्देशक सुदीपकुमार चौधरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार यही गतिमा आयोजनाको निर्माण भइरहेमा २०८१ जेठ महिनाभित्र उत्पादन शुरु हुनेछ । भोटेकोशीबासी र स्थानीयबासीले यसरी नै साथ दिए तोकिएको समयमा उत्पादन हुने देखिएको छ ।
३ अर्ब ४० करोडभन्दा बढी लागतमा निर्माण भइरहेको आयोजनाको प्रसारण लाइनको काम पनि आउने वैशाखभित्र सक्ने लक्ष्य लिइएको छ । कार्यकारी निर्देशक चौधरीका अनुसार नयाँ वर्षदेखि नै जिल्लाबाट १६ दशमलव २६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
हिउँद महिनामा ३० प्रतिशत विद्युत् उत्पादन घट्न सक्ने त्यो आयोजनाको अनुमान छ।लिपिङ खोलाबाट उत्पादन भएको विद्युत् भोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा जोडिएर बाह्रबिसे नगरपालिका–४स्थित बेतेमा निर्माणाधीन सब स्टेसनमा पुर्याइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा