
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ ।
नेपालले जितको लागि दिएको एक सय ६९ रनको मध्यम लक्ष्य नामिबियाले ४० ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नामिबियाको जितमा जेराल्ड एरास्मसले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ५७ बल खेल्दै आठ चौका र दुई छक्काको सहायताले सर्वाधिक ५२ रनको योगदान गरेका हुन ।
त्यसैगरी जेजे स्मिथले अविजित ३४ रन बनाउँदा माइकल भान लिंगेनले ३१ रन बनाए । त्यस्तै रुबेन ट्रम्पलम्यानले १६ रन बनाए भने बर्नार्ड स्कोलज र निको डाभिनले समान आठ आठ रन जोडे ।
बलिङतर्फ नेपालका कुशल भुर्तेलले तीन विकेट लिए भने कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, ललित राजबंशी र कुशल मल्लले समान एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७ दशमलव १ ओभरमै सबै विकेट गुमाएर एक सय ६८ रनको योगफल बनाएको थियो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए । उनले ६४ बलमा आठ चौका र एक छक्काको मद्दतमा ५८ रनको योगदान दिएका हुन ।
त्यस्तै कुशल मल्ल ३८, भीम सार्की २६, कुशल भुर्तेल १८ तथा करण केसीले १२ रन बनाए । त्यस्तै नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल रनको खाता नै नखोली आउट भए । बलिङतर्फ नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि–इटनले समान चार-चार विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसले समान एक-एक विकेट लिए ।
नेपालको नामिबियासँगको यो दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटको जित हात पारेको थियो । यस जितसँगै नामिबियाले चार अङ्क जोडेको छ भने नेपालको दुई अङ्क छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा