
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नेपालले नामिवियासँग खेल्दैछ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने खेल बिहान ९ः३० मा शुरु हुनेछ ।
नेपाल यसअघि फागुन ३ गते भएको प्रतियोगिताको उद्घाटन खेलमा नामिवियासँग ४ विकेटले पराजित भएको थियो । टस हारेर पहिला ब्याटिङको गरेको नेपाल १३२ रनमा अल आउट भएको थियो ।
तर दोस्रो खेलमा एसोसिएटको बलियो टिम नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै नेपालले शानदार पुनरागमन गरेको थियो । नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै नेपालले उक्त लक्ष्य नेपालले १५.२ ओभरमा पूरा गरेको थियो ।
भोलिको खेलमा नेपाल घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै नामिवियासँग हारको बदला लिन चाहन्छ । उता नामिविया नेपाललाई लगातार दोस्रो खेलमा स्तब्ध पार्ने सोचमा हुनेछ । त्रिवि मैदानमा नै सोमबार भएको खेलमा नामिविया नेदरल्यान्ड्ससँग १२३ रनमा अल आउट हुँदै ७ विकेटले पराजित भएको थियो ।
टस निर्णायक बन्ने डर
शुरुवाती तीन खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने टोली नै पराजित भएका छन् । पहिला ब्याटिङ गर्ने तीन टोली १४० रन भन्दा कम रनमा अल आउट भएका छन् ।
बिहानको समयमा खेल्न ब्याटरलाई सहज हुनेछैन । तीव्र गतिको बलिङमा बल स्वीङ र स्पिनमा टर्न र लो बस्ने हुँदा चुनौतीपूर्ण हुनेछ । त्यो चुनौती सामना गर्न सुरुवाती २५ ओभरमा सम्हाल्लिएर खेल्नुपर्ने हुन्छ । दोस्रो इनिङमा ब्याटिङ गर्न सहज मानिन्छ । त्यसैले खेलमा टस निर्णायक बन्ने डर दुवै टोलीलाई हुनेछ । टसको नतिजाले ठूलो प्रभाव पार्ने पक्का छ ।
नेपालको टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा