
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समावेशी आयोगले संविधानको मर्म र भावनाअनुरुप आफ्नो औचित्य पुष्टि हुने गरी काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार आयोजित राष्ट्रिय समावेशी आयोग तेस्रो स्थापना दिवस कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले समय–समयमा संवैधानिक आयोगबीच अन्तरक्रिया गर्ने र आयोगले लक्ष्यअनुरुपका काम समयमै गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– आयोगका सदस्यले काम प्रभावकारी बनाउन जरुरी छ । आयोगले गरेको काम कर्तव्यको पुनरावलोकनसँगै विगतमा गरेका गतिविधिको समीक्षा हुनुपर्छ ।’
अध्यक्ष तिमिल्सिनाले कमजोर वर्गलाई विशेष प्राथमिकतासँगै अवसरको सृजना गर्न आयोगले वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आयोगमा आएका विषयमाथि छलफल गरेर चर्चा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘पहुँच नहुनेका लागि राज्यको सेवासुविधा सजिलोसँग पाउने वातावरण मिलाउनुपर्छ । भेदभावबिना राज्यबाट पाउने सेवासुविधा सबै नागरिकले पाउनुपर्छ ।’
आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले विज्ञ र अनुसन्धानकर्तामार्फत गरेको अध्ययनका आधारमा समावेशिताका लागि गरेको सिफारिस कार्यान्वयन गर्न सरकारका सम्बन्धित निकायले बेवास्ता गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आयोगले सिफारिस गर्ने तर सरकार र संसद्ले गम्भीरतापूर्वक नलिने हो भने ‘अहिलेको संविधान र संविधानवादको उपहास हुन पुग्छ । पछाडि परेको जाति, वर्ग र समुदायलाई राज्यको शासन प्रणालीमा मूलप्रवाहीकरण गर्न तथा सामाजिक न्याय प्राप्तिका लागि आयोग सधैँ क्रियाशील रहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा