
मोरङ । पछिल्लो समय मोरङको सामावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैधरुपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ । पक्राउ परेकामध्ये १८ वर्षमुनिका भएको उनीहरू र व्यावसायिक हुन्डी कारोबारीका भरिया मात्र भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
गत कात्तिक १४ गते स्रोत नखुलेको २१ लख ८७ हजार रुपैयाँ सीमापारिबाट ल्याउँदै गरेको अवस्थामा १६ वर्षीय भारतीय मूलका एक किशोरलाई प्रहरीले सीमानाका नजिकैबाट नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनलाई व्यावसायिक हुन्डी कारोबारीले प्रयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन दाहालले जानकारी दिनुभएको छ।
हुन्डीका कारोबारी विवेक गुप्ता र मनोज साहले ती बालकलाई प्रयोग गरेर सीमापारिको कालोधन हुन्डीमार्फत भित्र्याउने प्रयास गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । गुप्ता र साह हाल फरार भएका छन् । त्यही कारोबारमा विराटनगरका केही नाम चलेका उद्योगी–व्यवसायीको पनि संलग्नता रहेको र तिनै उद्योगी र व्यवसायीले भरियामार्फत हुन्डीको रकम ल्याउने र पुर्याउने गर्दै गरेको प्रहरीको आशङ्का छ ।
जिल्ला प्रहरीले स्रोत नखुलेको १९ लाख ९० हजार रुपैयाँसहित सुनसरीका देवानगन्ज–५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई गत पुस ११ गते जोगवनी नाका नजिकको केशलिया मार्गवाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणपछि अनुसन्धान गर्दा साह जय माता टे«र्डस देवनगन्ज सुनसरीमा धान चालमको व्यापार गर्ने व्यापारी व्यावसायिक हुन्डी कारोबारी भएको पुष्टी भएको प्रवक्ता दाहालले बताउनुभयो ।
केही समयअघि विराटनगर–१५ का धर्मानन्द साहलाई स्रोत नखुलेको ४ लाख ७५ हजार रुपैयाँ र त्यही ठाउँका रन्जीत साहलाई पनि स्रोत नखुलेको ९ लाख २० हजार रुपैयाँसहित पक्राउ गरिएकामा दुवैजना हुन्डी कारोबारीका भरिया भएको पुष्टि भएको छ ।
अवैध हुन्डीको कारोबार गर्ने सुनसरी बर्जु–३ का २४ वर्षीय उमाकान्त राय पनि गत असोजमा स्रोत नखुलेको १० लाख रुपैयाँ सहित परेका थिए । पक्राउ परेकाहरुलाई राजस्व अनुसन्धान कार्यालयमा बुझाउने गरिएको प्रवक्ता दाहालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा