
कास्की । पोखरा महानगरपालिका वडा नम्बर १८ मा रहेको बाल सुधार गृहमा झडप हुँदा तीन बालक घाइते भएका छन् । सोमबार राति भएको झडपमा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
सोमबार राति १० बजेतिर खाना खाने लाममा बस्ने क्रममा झडप भएको थियो । झडपमा घाइतेमध्ये दुई जनालाई टाउकोमा र एक जना सामान्य घाइते भएकोमा उपचारपछि तीनै जना सुधार गृह फर्किसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।
“खाना खाने लाइनामा बस्ने बेला विवाद भयो भन्ने बुझिएको छ । उनीहरू मणिपाल शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्,” रानाले भन्नुभयो “घटनाको थप अनुसन्धान जारी छ । ”
अहिले देशभर आठ वटा बाल सुधार गृह छन् । बाल बिज्याइमा संलग्न साना बालबालिका र किशोरसमेत सँगै राख्दा समस्या भएको जानकारहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा