
काठमाडौँ । नेकपा एमालेको पेशागत विशेष जिल्ला कमिटीको अध्यक्षमा मोहनकुमार पराजुली चयन हुनुभएको छ । विशेष जिल्ला कमिटीको नवौँ अधिवेशनले पराजुलीको अध्यक्षतामा ५३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा सागर शर्मा, सचिवमा जिबी सुनुवार, उपसचिवमा एलडी भुसाल र युवराज लम्साल निर्वाचित हुनुभएको छ । यस कमिटीमा निजामती, शिक्षक, प्राध्यापक, अन्तरसंस्थान, वित्तीय, गैह्रसरकारी, स्थानीय तह, इञ्जिनीयरिङ, सञ्चार लगायत क्षेत्रका प्रतिनिधि छन् ।
अधिवेशनको फागुन ५ गते एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो । एमालेको उपत्यका विशेष प्रदेशअन्तर्गत चार विशेष जिल्ला कमिटी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा