
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भोलि मंगलबार बिहान ११ बजेदेखि पार्टी मुख्यालय च्यासलमा शुरु हुँदैछ ।
फागुन १० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा जनपरिचालनदेखि पार्टी शुद्धीकरणसम्म छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलेजानकारी दिनुभएको छ ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार केन्द्रीय कमिटी बैठकमा पेश हुने एजेण्डा सचिवालयमा छलफल गरेर तय भएको छ । ‘‘तत्कालीन राजनीतिक कार्यक्रमदेखि संगठन शुद्धिकरणसम्मका ६ वटा एजेण्डा तय भएको छ’ उहाँले भन्नुभयो ।
गौतमका अनुसार अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीतिक परिस्थितिबारे जानकारी दिने सम्बोधनलाई बैठकको पहिलो एजेण्डामा राखिएको छ । त्यसबाहेक छलफल हुने एजेण्डा भने महासचिव शंकर पोखरेलले पेश प्रस्तुत गर्नुहुनेछ ।
दोस्रो एजेण्डामा समग्र सांगठानिक कामको समीक्षा, तेस्रोमा संगठन शुद्धीकरण र सुदृढीकरणको अवधारणा, चौथोमा जनआधारित पार्टी निर्माणमा देखिएको समस्या र समाधानबारे छलफल हुने गौतमले जानकारी गराउनुभएको छ ।
.पाँचौं एजेण्डामा जनदबाव र जनपरिचालन सम्बन्धी कार्यक्रममाथि छलफल गरिएको छ । ‘सरकारको कामको समीक्षा, जनताका समस्या र एमालेले निर्वाह गर्नुपर्ने भूमिकालाई हामीले जनदबाव र जनपरिचालनमा राखेर छलफल गर्दैर्छौ’ उहाँले भन्नुभयो ।
बैठकमा एमालेले गएको मंसिरमा सञ्चालन गरेको मध्यपहाडी संकल्प यात्राकोे समीक्षा समेत हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा