
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठकमा पेश गर्ने सांगठनिक प्रतिवेदनमा सहमति जुटाउन शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
प्रतिवेदनमा सहमति जुट्न नसकेपछि सभापति शेरबहादुर देउवाले आज साँझ पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाउनुभएको हो । बैठक अहिले सभापति देउवाको निवास बूढानीलकण्ठमा भइरहेको छ ।
महासमिति बैठकमा महामन्त्री गगन थापाले पेश गर्ने सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ । प्रतिवेदनमा सहमति जुट्न नसकेपछि सभापति देउवाले शीर्ष तहका नेतालाई छलफलका लागि डाक्नुभएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभएको छ ।
महामन्त्री थापाले अब चुनावी गठबन्धन गर्न नहुने गरी सांगठनिक प्रतिवेदन तयार गरेपछि संस्थापन पक्ष त्यसको विरोधमा देखिएको छ । संस्थापनले गठबन्धन गर्ने र नगर्ने तत्कालीन अवस्थामा निर्भर हुने भन्दै महामन्त्री थापाले प्रतिवेदनमा समावेश गरेको त्यो प्रसंग हटाउनुपर्ने माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा